काठमाडौं – आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंक सम्मानित भएको छ । बैँकलाई बिहीबार आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।


ADVERTISEMENT

# # #


पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाचौँ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको जनाएको छ । बैंकले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ ।

नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन, जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिलाईसमेत व्यापक पहुँच पुर्‍याइरहेको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १.५ गुणा बढी हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ । बैँकले स्थापना भएदेखि हालसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो ।

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।