काठमाडौँ – हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सले आफ्नो वायुयान मार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ ।


ADVERTISEMENT


यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार जुनसुकै मुल्यको टिकट खरीद गरी यती एअरलाइन्स मार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५०० मुल्य बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइन मार्फत् सामान खरिद गर्दा रु. २०० को सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा रु.३०० को ट्राभल भौचर गरी जम्मा रु. ५०० मूल्य बराबरको सहुलियत दिने भएको हो । साथै यो सहुलियत लिएर समान खरिद गर्नेहरुमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहार समेत प्राप्त गर्नेछन् ।

उक्त सम्झौतासँगै आज अप्रिल १ देखि नै यती एअरलाइन्स मार्फत यात्रा गर्ने यात्रुहरुले यो सहुलियत पाउनेछन् । सो सहुलियत पाउनको लागि ग्यापुमा सामान खरिदको क्रममा Enter your code अप्सनमा गई GYAPUYETI100 लेख्नुपर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा XCELTRIP200 कोड राख्नुपर्नेछ । यससँगै आजैदेखि यती एअरलाईन्सको वोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारीमुलक सामग्रीका साथै भौचर कोड समेत रहनेछ ।

यात्रुहरुलाई थप सुविधाहरु प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको छ । यतीले भविष्यमा पनि आफ्ना यात्रुहरुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए ।