काठमाडौँ – यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ ।


ADVERTISEMENT


यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाएकोमा विभागले अफ्नै मोटरसाइकल वा स्कुटरबाट पटि ‘ट्रयल’ दिन पाउने प्रावधान ल्याउन लागेको छ ।


ADVERTISEMENT

# # #


विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको छ ।

उक्त कार्यविधिअनुसार परीक्षार्थीले आफ्नै मोटरसाइकल वा स्कुटरबाट पनि लाइसेन्सको ‘ट्र्याल’ दिन पाउने भएका छन् । हालसम्म यातायात कार्यालयले उपलब्ध गराएकै सवारीमा ट्रयल दिनुपर्ने व्यवस्था रहेको छ ।