काठमाडौँ – पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले काठमाडौँ छिर्ने नाकामा कडाइ गरेको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका नाकामा कडाइ गरी ज्वरो, रुघाखोकी जाँचलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले केही दिनअघि देखि नै नाकामा कडाइ गरिसकेको जानकारी दिए ।

उनले ज्वरो, रुघाखोकी जाँच गरेर लक्षण देखिएमा अनिवार्य पीसीआर परीक्षणमा पठाउन थालेको जानकारी दिए ।