काठमाडौँ – बुधवार राति परेको पानीले केही दिनयता वायु प्रदुषणले ढाकिएको काठमाडौँसहित देशका ठूला सहरको आकाश केही सफा भएको छ ।


ADVERTISEMENT


केही दिनयता हुस्सले ढुम्म सहर आज केही उज्याला भएका छन् । यद्यपि, आकाश पूर्णतया खुलिसकेको छैन । भोलिबाट मात्र आकाश पूर्ण खुल्ने मौषमविद्हरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


पश्चिमी वायुको आंशिक प्रभाव यथावत रहेकोमा आज अपरान्हपछि काठमाडौँसहित देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौषमविद् मञ्जु वासीले बताइन् ।

बिहीवार बेलुकापछि प्रदेश १, बागमती, र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोमा शुक्रवारपछि मौषम सफा रहनेछ ।