काठमाडौँ – नेपालले चालू आर्थिक वर्षको पहिलो ८ महीनामा १८ करोडको सुनका गहना निर्यात गरेको छ ।


ADVERTISEMENT


सरकारले गहना निर्यातको बाटो खुला गरेपछि व्यवसायीहरुले सुनबाट बनेका गहना निर्यात गर्न थालेका हुन् ।


ADVERTISEMENT

# # #


यस अवधिमा नेपालबाट १४ हजार ३९४ ग्राम सुनबाट बनेका गहना निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार नेपालले अमेरिका, हङकङ र अस्ट्रेलियामा सुनका गहना निर्यात भएको हो ।