काठमाडौँ– नेपालमा प्रत्येक वर्ष झण्डै ७० हजारको हाराहारीमा क्षयरोगको नयाँ केश थपिने गरेको पाइएको छ ।


ADVERTISEMENT


पछिल्लो अनुसन्धानका अनुसार, नेपालमा प्रत्येक वर्ष ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने पाइएको हो । तीमध्ये पनि ज्यान गुमाउने बिरामी संख्या औसत १७ हजार(२५ प्रतिशत) रहेका छन् ।


ADVERTISEMENT

# # #


विश्व क्षयरोगको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले स्वास्थ्य तालिम केन्द्रमा पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो । यस्तै, केन्द्रले उपचार दायराभन्दा बाहिर रहेका बिरामी पत्ता लगाई उपचारमा ल्याउन चुनौतीपूर्ण भएको भन्दै अझैपनि ४१ हजार क्षयरोग बिरामी उपचारको दायरा बाहिर रहेको जनाएको छ ।

कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक अनुज भट्ट्चनले क्षयरोग प्रिभ्यालेन्स सर्वेका अनुसार, निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत तथा उपचार गराउने संख्या १५ प्रतिशत रहेको जनाएका छन् । यसैगरि, उनले काभिड–१९ प्रभावको समयावधि भर नै केन्द्रले देशैभर क्षयरोगका बिरामीलाई औषधिको अभाव हुन नदिएको समेत दाबी गर्दै कोरोना संक्रमणका कारण ७ जना मात्रै क्षयरोगका बिरामीले ज्यान गुमाउनु परेको बताए ।

क्षयरोग केन्द्रका योजना, मुल्यांकन, अनुगमन तथा अनुसन्धान प्रमुख मुक्ति खनालले भने, व्यक्तिले ज्यान गुमाउने प्रमुख १० कारणमध्ये क्षयरोग पनि एक रहेको र यसका लागि आम नगारिकलाई क्षयरोगसम्बन्धि सुचिकृत गराई भविष्यमा यसका कारण हुने मृत्युवरणलाई रोक्नुपर्नेमा जोड दिएका छन् ।

२४ मार्चको दिनलाई विश्वभर क्षयरोग दिवसको रुपमा मनाउँदै आएको छ । यसै अवसरमा नेपालमा पनि यो वर्ष ‘संकट समयको, क्षयरोग अन्त्यको’ नारासहित यो दिवस मनाउने केन्द्रले जनाएको छ ।