काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।


ADVERTISEMENT


माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरुको जिम्मेवारी तोकेका हुन् । उपप्रधानमन्त्री कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै जयन्त चन्दलाई आपूर्ति, दिलनाथ गिरीलाई शहरी विकास र विक्रमबहादुर थापाले महिला बालबालिका र समाज कल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कुन्ती कुमारी शाहीलाई शाही शहरी विकास राज्यमन्त्री, विराज बिष्ट विज्ञान तथा प्रविधि राज्यमन्त्री, सुशील कुमार श्रेष्ठ आपूर्ति राज्यमन्त्री र कान्ता भट्टराई महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

माओवादीलाई जिम्मेवारीबाट हटाएर खाली गराइएको परराष्ट्र मन्त्रालय पनि प्रधानमन्त्रीले आफैं राखेका छन् ।

प्रंधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।