मंगलबारे, इलाम सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


नगर प्रमुख आरबि राईले रु ६९ करोड २२ लाख ६७ हजार बराबरको बजेट सार्वजानिक गरेका हुन् । चालु खर्चतर्फ रु ३७ करोड ३१ लाख, ५६ हजार र पुँजीगततर्फ रु ३१ करोड ९१ लख ११ हजार बजेट विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #


कुल बजेटको ५३.९ प्रतिशत चालु र ४६.१० प्रतिशत पुजीगततर्फ रहेको छ । गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति तथा दलित समुदायलाई लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको छ ।