काठमाडौं– बोधी मार्ग दर्शन मैत्री धर्मले भोलिदेखि देशका विभिन्न भागमा विश्व शान्ति महा मै मैत्री पूजा तथा प्रार्थना शुरु गर्ने भएको छ ।


ADVERTISEMENT


अस्तित्वको समुचित नियमन तथा शान्ति, सहजीवन, सहअस्तित्व, सहवास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका लागि चैत्र ८, ९, १०, ११ र १२ गते १६औं महा मै मैत्री दिवशको अवसरमा विशेष पूजाको आयोजना गर्न लागेको संघले विज्ञप्तीमार्फत संघले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


महा सम्बोधि धर्म संघ गुरु भनिने रामबहादुर बमजमको जन्मस्थल लगायत नेपालका बिभिन्न स्थानहरूमा यो विशेष पूजा हुने बोधि श्रवणका लागि आह्वान संघले गरेको छ ।

भोलि चितवनबाट प्रारम्भ गरी ९ गते ललितपुर, १० गते सिन्धुपाल्चोक, ११ गते झापा र १२ गते सर्लाही जिल्लाको पत्थरकोटमा अनुष्ठान सम्पन्न गरिने सो संघले जनाएको छ ।