काठमाडौँ – बजारमा सुनको चरम अभाव देखिएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष सुनको आयात उच्च रहेपनि माग पनि सोहीअनुसार बढ्दा सुनको अभाव देखिएको हो ।


ADVERTISEMENT


यस वर्ष अघिल्लो वर्षको तुलनामा ५० किलो बढी सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महीनामा १६ अर्ब २९ करोडको सुन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३ अर्ब ७१ करोडले बढी हो ।


ADVERTISEMENT

# # #


आयात बढेपनि बजारमा भने सुनको अभाव देखिन थालेको छ । यस वर्ष कोरोना र ‘साइत’ अभावका कारण थुप्रै बिहेहरु ‘पेन्डिङ’मा रहेका कारण बिहेको साइत नजीकिदै जाँदा बजारमा सुनको माग उच्च देखिएको छ । व्यवसायीहरुका अनुसार बिहेका लागि गरगहना बनाउन आउनेको संख्या बजारमा उच्च देखिन्छ ।

बजारमा बैशाखमा हुने बिहेका लागि गरगहनाको अर्डर दिन आउनेको संख्या उच्च रहेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष मनिकरत्न शाक्यले माग उच्च हुँदा व्यवसायीसँग रहेको सुनको विक्री भइसकेको बताउँछन् । उनकाअनुसार बैशाखमा हुने बिहेको लगनले सुनको माग बढाएको छ । ‘कोरोनाको असर र लगन अभावले यस वर्ष रोकिएका थुप्रै बिहे बैशाखमा सरेका छन्, बैशाख नजीकिदै जाँदा बजारमा सुनको माग उच्च देखिएको छ,’ उनले भने, ‘अहिले माग उच्च भएका कारण सुनको बजारमा अभाव देखिएको छ ।’

केही समयअघिसम्म सुनको मूल्य १ लाख पुगेको र डेढ लाखसम्म पुग्ने अनुमान गरिएको थियो । तर अहिले प्रतितोला ८६ हजारसम्ममा सुनको कारोवार भइरहेको छ । सुनको मूल्य घटेको बेला बिहेका लागि गहना बनाइालौँ भनेर आउनेको संख्या उच्च रहेको शाक्यको भनाइ छ । सुन अभावकै कारण माग उच्च भएपनि अर्डर लिन भने नसकिएको उनले बताए ।