काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा देखिका सबै समस्याको जरो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीमा भएको अहंकार भएको बताएका छन् ।


ADVERTISEMENT


नेता नेपालले बुधबारदेखि सुरु भएको आफू पक्षीय नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो गुटगत क्रियाकलापलाई निरन्तरता दिने काम जारी राख्ने गरेकाले पार्टीमा दरार आएको बताए ।


ADVERTISEMENT

# # #


आफू नै पार्टी हुँ भन्ने केपी ओलीको प्रवृत्तिले पार्टी विग्रहमा पुगेको बताउँदै उनले भने, ‘यो सबै समस्याको जरो केपीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना उहाँमा रहेको मूल पक्ष हो । इमान्दार कार्यकर्ता उहाँलाई चाहिएको छैन । ’ ओलीलाई आलोचना, सुझाव मन  नपर्ने भएकाले नै समस्या सिर्जना गरेको बताए ।

ओलीले मदन भण्डारी फाउन्डेसनको नामबाटै गुटको सुरुवात गरेको आरोप लगाए । ‘गुटको सुरुवात उहाँले गरेको हो, मदन भण्डारी फाउन्डेसनको नामबाट । जिल्लाजिल्लामा तपाईंहरु आफै साक्षी हुनुहुन्छ र पीडित पनि हुनुहुन्छ ।’ उपस्थित कार्यकर्तालाई उनले भने, ‘यस कारण तपाईंहरु पनि पीडित, हामी पनि पीडित, पीडितहरु एक ठाउँमा भेला भएका छौँ ।’

उनले प्रधानमन्त्री ओलीले त्यसबेला पनि टिकट वितरण, नियुक्ति र कार्यविभाजनमा पूर्वागह राख्ने गरेको दाबी गरे ।