रोल्पा – ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५ पुगेको छ ।


ADVERTISEMENT


बैंकले रोल्पा जिल्लाको सुनिलस्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । घोडागाँउमा खोलिएको सेवाको लागि मधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


शाखारहित बैंकिङ्ग सेवाबाट ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने जानकारी बैंकले दिएको छ ।