-रवि पौडेल


ADVERTISEMENT


कमजोर मन बनाइ नहिँड धेरै,


ADVERTISEMENT

# # #


एक दिन ईश्वरलाई जीवन सुम्पिनुछ

हार नखाऊ जीवनमा तिमी,

धेरै पीडाहरू अझैँ पिउनुछ

जताततै फाटेको

थोत्रो पुरानो नाटकीय जिन्दगी

यताउता मिलाएर सिउनुछ

समाजको अगाडि जिउनुछ

कमजोर मन बनाइ नहिँड तिमी

कमजोर मन बनाइ नहिँड तिमी,

एक दिन ईश्वरलाई जीवन सुम्पिनुछ

जतिसुकै समस्याले जेलिए पनि

समाजको अगाडि जिउनुछ

मरेर लानु के छ र ?

बाँचुन्जले मजा लिनुछ

महान् नठान साथी आफूलाई,

अझैँ धेरै लामो बाटो हिँड्नुछ

कमजोर मन बनाइ नहिँड धेरै…