काठमाडौँ – विश्वमा सामाजिक सञ्जालको प्रयोग द्रूत गतिमा बढ्दै गएको छ । संसारभर ५५ प्रतिशत मानिस सामाजिक सञ्जालको पहुँचमा छन् भने नेपालमा करिब ८८ प्रतिशत मानिस सामाजिक सञ्जालमा आवद्ध छन् ।


ADVERTISEMENT


सञ्चारका रुपमा जुन किसिमले सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ त्यसले संसारलाई सानो बनाइसकेको छ । परेवाको खुट्टमा चिठ्ठी बाँधेर सञ्चार गर्ने पुस्ताको कथा पढ्दापढ्दै मान्छेले संसार कोठाभित्र सीमित बनाइसकेको छ ।


ADVERTISEMENT

# # #


यस किसिमले सामाजिक सञ्जालको प्रयोग बढ्दै गएकोमा यसका नराम्रा पक्ष पनि उत्तिकै छन् । मनोविज्ञानसम्बन्धी एक अध्ययनले सयमा ९८ जना मानसिक रोगले ग्रस्त मानिस अन्य व्यक्ति जस्तै ठीकठाक देखिने गरेको बताएको छ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रामक बन्दै गएकोमा मनोरोग विशेषज्ञहरूका लागि चिन्तित छन् । जुन क्रियाकलाप सामाजिक सञ्जालमा बढ्दै गएका छन्, यसले समाजलाई नकारात्मक बनाउँदै गएको देखिन्छ । मानिसहरु हरेक विषयमा सीघ्र प्रतिक्रियावादी बनिदिदा विभिन्न व्यक्तिमाथि गलत लान्छना पनि लाग्ने गरेका छन् । यसले उनीहरूमाथि मानसिक तनाब त छँदै छ जीवन नै ध्वस्त बनाउन उन्मुख पनि प्रयोगकर्ता देखिन्छन् ।
हतारमा टिप्पणी गरिहाल्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको बानीले गर्दा यसले विभिन्न प्रभावहरू पारिरहेको छ ।

कुनै अुमक व्यक्तिको अभिव्यक्तिमा विश्वास गरिहाल्ने बानी पनि बस्दै गएको छ । भर्खरैको घटना हेरौँ । मंगलवार साँझदेखि नै सामाजिक सञ्जालमा एक खबर भाइरले भयो, खबर थियो पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशी मृत्यु । यो खबरले जोशीको परिवार रातभरी परिवारमा तनाब बढ्यो । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेकाअनुसार अस्पतालसँग बुझ्दा अस्पतालले जोशीको स्वास्थ्यमा सुधार हुँदै गएको बताएपछि परिवारको तनाब केही कम भयो । तर सामाजिक सञ्जालमा फैलिएको हल्लाका कारण उनीहरूमा तनाबको धङधङी लामै रह्यो ।

यद्यपि, जिउँदै व्यक्तिको मृत्युको हल्ला फैलिएको यो पहिलो खबर भने होइन । भारतीय अभिनेता अमिताभ बच्चन, रजनीकान्तदेखि नेपालका राष्ट्रकवि माधव घिमिरे, संगीतकार अम्बर गुरुङदेखि विभिन्न व्यक्तिको यस्तो हल्ला फैलिएको थियो । यसले सामाजिक सञ्जाल प्रयोगकर्ताको हतारका कारण सिर्जित समस्याहरूलाई देखाउँछ ।

यति मात्र होइन, सामाजिक सञ्जाल प्रयोगकर्ता कतिसम्म हतारमा छन् भने कसैको मानहानी गरिहाल्न, कसैलाई आरोप लगाइहाल्न र गाली गरिहाल्न पनि उनीहरू हतारमा छन् । यसले समाजमा नकारात्मक वातावरण सिर्जना भएको देखिन्छ । कसैले इतर विचार राख्नेबित्तिकै झम्टिहाल्ने सामाजिक सञ्जाल प्रयोगकर्ताको आचरण देखिन्छ । अहिलेका सामाजिक सञ्जाल प्रयोगकर्ता सामाजिक सञ्जाल आउनु अघिको हो, समाज विघटनको बाटोमा लागेपनि उनीहरूले पूर्णतया समाज बिर्सिसकेका भने छैनन् जसकारण केही शान्त छन् । तर पछिल्लो पुस्ता भने समाजमा नभई सामाजिक सञ्जालमा हुर्किरहेको छ । उनीहरू साँच्चिकै पनि सामाजिक सञ्जालमा जस्तै भयो भने ? कसैले फरक विचार राख्यो कि झम्टिहाल्ने, कसैले आरोप लगायो कि आक्रमण गरिहाल्ने यस्तो प्रवृत्ति उनीहरूमा देखियो भने ? समाज कति कुरुप होला ? यस सामाजिक सञ्जाल प्रयोगकर्ताले चिन्तन गर्न आवश्यक देखिएको छ ।