काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।


ADVERTISEMENT


प्रचण्ड नेकपा एमालेसँग एकता हुनुअघि पनि माओवादी केन्द्रको संसदीय दलको नता थिए । तर एकतापछि नेकपाको संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्माओली चयन भएका थिए । सर्वोच्च अदालतले नेकपाको एकतालाई अस्वीकार गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रचण्डलाई माओवादी केन्द्रले पुनः संसदीय दलको नेता बनाएको हो ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले देव गुरुङलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको नेता पुनले जनाएका छन् । गुरुङ यसअघि नेकपाको समेत प्रमुख सचेतक थिए ।

यस्तै पार्टीले माओवादी केन्द्र छाडेर एमालेतिर गएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेकाले फेरि पनि एक पटक सोच्न आग्रह गरेको उनले बताए । पार्टीको निर्णय नमाने कारबाही गर्ने समेत चेतावनी उनीहरुलाई दिइएको छ ।

समर्थन तत्काल फिर्ता नलिने

माओवादी केन्द्रले सरकालाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकका निर्णय सुनाउँदै नेता पुनले उक्त जानकारी गराएका हुन् ।

बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको कदम असंवैधानिक पुष्ट भइसकेकाले नैतिकताको आधारमा राजीनामा दिन पुनः आग्रह गरेको उनले बताए ।

माओवादी केन्द्रले हतारमा समर्थन फिर्ता नलिने बताए ।