काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसहितको सरकार बनाउनुपर्ने बताएका छन् । एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले बाम एकता जोगाउनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले माओवादी र एमालेको एकताका लागि पहल गर्न सुझाव दिए । सर्वोच्चको फैसलापछि पनि एकता सम्भव भएको बताउँदै उनले एमाले र माओवादी केन्द्र एकताका लागि पहल गर्ने बताए ।


ADVERTISEMENT

# # #


ओली र माधवबीच भएको वार्तालाई सकारात्मक बताउँदै उनले प्रधानमन्त्री ओलीले एकता भंग गर्न समस्या खडा गरेको बताए । फागुन २८ को प्रधानमन्त्री ओलीको एमालेका पदाधिकारीलाई हटाउने निर्णयले समस्या निम्त्याएको आरोप उनको थियो । एकता जोगाउनतर्फ लाग्नुको साँटो प्रधानमन्त्री ओलीले उल्टै पुनःस्थापित एमालेका पदाधिकारी हटाएर समस्या खडा गरेको उनले बताए ।

उनले प्रचण्डसहितको माओवादी केन्द्र र एमालेको सरकार बनाउनुपर्ने र फागुन २८ को निर्णय सच्चाउनुपर्ने बताउँदै यी शर्त पूरा गरे आफू ओलीलाई साथ दिन तयार भएको बताए ।