सिन्ह्वा– ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट हालसम्ममा ज्यान गुमाउनेको संख्या झण्ण्डै साढे २ लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाए अनुसार, कोभिड संक्रमणका कारण हालसम्म यहाँ २ लाख ८० हजारको नजिक पुगेको छ ।


ADVERTISEMENT


सोमबारको एक समाचारअनुसार, यो संक्रमणबाट २ लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र पनि यहाँका एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यसरी यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार, यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । यो संक्रमणबाट यहाँका १ करोड १५ लाख भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

अधिकारीहरुका अनुसार, यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ ।

ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार, यहाँका प्रति एक लाख संक्रमणमध्ये ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ । रासस