एजेन्सी – सार्वजनिक स्थानमा बुर्का लगाउने र अनुहार ढाकिने कपडामाथि प्रतिबन्ध लगाउने श्रीलंकाको फैसलामाथि पाकिस्तानले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


श्रीलंकामा १४ मार्चमा राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै बुर्कामाथि प्रतिबन्ध लगाइएको थियो । श्रीलंकाका जन सुरक्षा मन्त्री सरथ वीविरासेकाराले बीबीसीसँग भनेका थिए कि उनले यसलाई लिएर मन्त्रिपरिषद् आदेशमा हस्ताक्षर गरिसकेका छन् र अब संसदको अनुमति आवश्यक रहेको छ ।


ADVERTISEMENT

# # #


पाकिस्तानले श्रीलंकाको उक्त फैसलाले श्रीलंकामा रहेका सम्पूर्ण मुसलमान र विश्वमा रहेका मुसलमानको भावनामाथि आघात हुने बताएको छ । श्रीलंकाका लागि पाकिस्तानका हाइ कमिस्नर साद खट्टकले ट्वीट गर्दै भनेका छन्, ‘एक त महामारीका कारण श्रीलंका आर्थिक संकटको सामना गरिरहेको छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छबिलाई लिएर पनि घेरामा छ । यस्तोमा आर्थिक संकटका अलावा सुरक्षाको नाममा यस्तो विभाजनकारी कदमबाट श्रीलंकामा अल्पसंख्यकको मानवअधिकारको प्रश्नलाई थप मलजल गरेको छ ।’

अघिल्लोे महिना मात्रै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले श्रीलंकाको भ्रमण गरेका थिए ।