काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल भेट्न जाँदैछन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाएका थिए । तर नेपाल त्यहाँ जान नमानेपछि ओली र नेपालबीच अहिले ११ बजे एमाले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


ओली र नेपालबीचको सम्बन्ध केही वर्षयता चिसिदै गएकोमा गत कात्तिकपछि उनीहरूबीच एकल भेटघाट भएको छैन । प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद् विघटन गर्ने निर्णय गरेपछि सरकारविरुद्ध खरो उत्रिएका नेपालको सम्बन्ध ओलीसहितका एमाले नेताहरूसँग बिग्रिएको छ ।

गत शुक्रवार प्रधानमन्त्री ओलीले नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोसेपछि उक्त समूहले सरकारविरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ ।

स्रोतकाअनुसार भेटमा वर्तमान यिनै राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल हुनेछ ।