काठमाडौँ – नेकपा एमालेको माधव नेपाल र झलनाथ खनालको समूहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै केपी ओली दक्षिणपन्थी विसर्जनवादी भएको आरोप लगाएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–खनाल पक्षका नेतालाई दलभित्रको जिम्मेवारीबाट मुक्त गरिदिएपछि त्यसले उक्त समूहभित्र एउटा तरङ्ग ल्याएको हो । ओलीले नेपाल–खनाल समूहलाई जिम्मेवारीबाट हटाएर आफू निकट एवं माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ लगायत २२ जनालाई जिम्मेवारी दिएका थिए ।


ADVERTISEMENT


उनीहरुले पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन शुक्रवारको प्रधानमन्त्रीको निर्णय रद्ध गरेर विधिअनुसार स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीको निर्णयविरुद्ध निर्वाचन आयोग गएका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्धय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्त वक्तव्य जारी गर्दै ओलीमा कम्युनिस्ट पार्टीको सदस्यमा हुनुपर्ने राजनीतिक चरित्र, आचरण र नैतिकता बाँकी नरहेको देखिएको बताएका छन् ।

चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्गमा रमाउने ओली प्रवृत्तिले पार्टी र आन्दोलनलाई अप्ठ्यारोमा पारेको उनीहरूको निश्कर्ष रहेृको छ । पार्टीको विधान महाधिवेशनले मात्र गर्न सक्ने बताउँदै उनीहरुले विधानविपरीतू कदम चालेर ओली एमाले विभाजन गर्नतर्फ लागेको आरोप लगाएका छन् ।

ओली राज्यत्ता संरक्षित दक्षिणपन्त र विर्सजनवादी भएको गम्भीर आरोप लगाउँदै उनीहरुले केपी ओलीविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर ओलीविरुद्ध संघर्ष गरेका थिए । सर्वोच्चले संसद् पुनःस्थापना गरी नेकपा एकीकरण खारेज गरेर पूर्ववत पार्टी ब्युँताइदिएपछि नेपाल–खनाल समूह एमालेमा फर्किएको थियो ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति

https://drive.google.com/file/d/1x-TSxiqL-NP72TomcJNgMeRnUSINWGmt/view