काठमाडौँ– महाशिवरात्रीकोे अवसरमा पशुपति मन्दिरको क्षेत्रमा भरतनाट्यम नृत्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


महाशिवरात्रिको अवसरमा भारतको राजदूतावास, स्वामी विवेकानंद सांस्कृतिक केन्द्र, काठमाडौंले पशुपतिनाथ मन्दिरको अगाडि बाग्मति नदीको पवित्र तटमा बिहिवार साँझ भरतनाट्यम नृत्य प्रस्तुत गरेको हो ।


ADVERTISEMENT

# # #


प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली तथा सोजान रघुवंशीले उआफ्ना समूहका साथ भारतका पवित्र भरतनाट्यम नृत्यहरु प्रस्तुत गरेका थिए । पशुपतिनाथ संध्या आरती पछिको उक्त प्रस्तुतीमा उनीहरुले शिव तांडव, नाटेश कौथुभम लगायतका नृत्यहरु प्रदर्शन गरेका थिए ।

दुई देशबीच रहेको सामाजिक–सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने विश्वास लिइएको उक्त साँस्कृतिक प्रस्तुति तस्बिरमा यस्तो देखिएको थियो ।