काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीद्वारा नवनियुक्त दक्षिण अफ्रिकाका राजदूत डा.निर्मल विश्वकर्मासंगको भेटवार्ता कार्यक्रम सम्पन्न भएको छ । दक्षिण अफ्रिका–नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यका साथ नेपाल वाणिज्य महासंघका पदाधिकारीहरुले दक्षिण अफ्रिकाका नवनियुक्त राजदूत डा. विश्वकर्मासंग भेट गरेका हुन् ।


ADVERTISEMENT


बुधवार गरिएको उक्त भेटवार्ता कार्यक्रममा महासंघले दुई मुलुकबीचको व्यापार, लगानी र पर्यटन क्षेत्रको विकासकोभूमिकामा जोड दिइएको छ ।


ADVERTISEMENT

# # #


महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ तथा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई.देश बन्धु वस्नेत (अजित) समेतको टोलीले राजदूत डा. विश्वकर्माको भेटवार्तामा मुलुकको आर्थिक स्थिति उकास्ने तथा द्विदेशबीचको सुमधुर सम्बन्धका लागि व्यापार, लगानी र पर्यटन क्षेत्रको विकासमा जोड दिइएको हो ।

यसका साथै सोहि अवसरमा महासंघका पदाधिकारीहरुले डा. विश्वकर्मालाई दक्षिण अफ्रिका एवम् अफ्रिकी मुलुकहरूसँगको आपसी सम्बन्ध विस्तारका लागि कनेक्टिकटकी जोड दिन, पर्यटन सहित सांस्कृति आदान प्रदान तथा यी देशहरुसँग नेपालको निजी–निजी क्षेत्र बीचको सम्बन्ध बढाउने कार्यमा जोड दिन आग्रह समेत गरेका छन् ।

त्यसैगरी व्यापार, लगानी, पर्यटन प्रवर्धन एवं विस्तारका लागि राजदूतावासले हेर्ने सवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूसँग सहमतिपत्रमा हस्ताक्षर गर्न अधिकतम पहल हुनुपर्ने, नेपालको प्रवर्धनमा ती देशहरूमा विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने, उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने समेत पदाधिकारीहरुले राजदूत विश्वकर्मालाई सुझाव समेत प्रदान गरेका छन् ।

राजदूत विश्वकर्माले भने आफ्नो कार्यकालमा अफ्रिकी मुलुक तथा नेपाल बीचको सम्बन्धलाई थप परिणाम दायी बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह हुने भन्दै महासंघबाट प्राप्त सुझावहरूलाई आफूले सक्दो व्यवहारिक कार्यन्वयनमा लैजाने प्रयास गर्ने प्रतिबद्वता जनाएका छन् ।