मोरङ– नयाँ गुद्री बजारमा एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । विराटनगर ११ स्थितको सो स्थानमा नगदरहित हरियो तरकारी खरीदका आजदेखि विद्युतीय कारोवार शुरु गरिएको हो ।


ADVERTISEMENT


उक्त कार्यविधि पारदर्शी समेत हुने भएकाले यसबाट रकमको सुरक्षासहित झन्झट नहुने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई छ । उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने धारणा व्यक्त गरे ।


ADVERTISEMENT

# # #


यस्तै, गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले पनि विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास राखेका छन् । यसैगरि, क्रमशः बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका छन् ।

यस्तै, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिएका छन् ।

गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको रु. १० लाख ऋणको कागजातसंगै विद्युतीय कारोवार कार्ड समेत हस्तान्तरण गरेका छन् । नयाँ गुद्री बजारमा ४०० व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ । रासस