काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले मेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


माओवादीको कार्यालय पेरिसडाँडामा भएको छलफल विशेष गरी पछिल्लो राजनीतिक घटनाक्रम र सरकार निर्माणका लागि सहकार्यका विषयमा केन्द्रित रहेको राजपा वरिष्ठ नेता राजेन्द्र महतोले जानरी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार छलफलमा माओवादी अध्यक्ष प्रचण्डले संसदविघटनविरुद्ध संघर्ष गरेका सबै शक्तिहरु मिलेर सरकार बनाउनु पर्ने बताए । त्यसका लागि प्रचण्ड जसपाले साथ दिनुपर्ने बताएका थिए । जवाफमा आफूहरुले जसपाले आफूहरुका मुद्दा सम्बोधन गर्नेहरुलाई साथ दिने प्रतिक्रिया दिएको जानकारी दिए ।

विगतमा पनि आफूहरुले मुद्दा सम्धोन गर्ने नाममा धोका मात्रै पाएको बताउँदै उनले भने, ‘रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन हाम्रो मुद्दा हो, जसले यो पूरा गर्छ, उसलाई साथ दिन्छौं ।’

नेता महतोले बुधबार संसद बैठकबाट बाहिरिनेक्रममा आफ्ना मुद्दाका विषयमा पटक पटक केपी ओली समक्ष राखिए पनि ओलीले ठग्ने बाहेक केही काम नगरेको भन्दै यस्तो वातावरणमा कसरी सहयोग गर्ने भनि प्रश्न गरेका थिए। उनले भनेका थिए ।