रुपन्देही – लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ ।


ADVERTISEMENT


कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।


ADVERTISEMENT

# # #


कार्यदलमा वीरबहादुर राना र रमा अर्याल सदस्य रहेका छन् । फागुन २३ गते आएको नेकपासम्बन्धी निर्णयबाट उत्पन्न परिस्थितिबारे दलहरूसँग छलफल गर्न कार्यदल बनाइएको लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले जानकारी दिए ।