शेरबहादुर सिंह, महेनद्रनगर– कोरोना कहर सामान्य बन्दै गएपछि यहाँबाट मजदुरीका लागि भारतलगायत तेस्रो मुलुक जाने युवा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न थालेका छन् । स्थानीयस्तरमै कृषि, पशुपक्षी र व्यापारमा युवाको आकर्षण बढेसँगै यहाँ व्यवसाय दर्ता पनि गत वर्षभन्दा दोब्बरले वृद्धि भएको हो ।


ADVERTISEMENT


घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार उद्योग दर्ता विगत वर्षको भन्दा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म) यहाँ एक हजार ५३८ उद्योग घरेलु कार्यालयमा दर्ता भएका छन् । गत चालु आवमा यहाँ ७३४ उद्योगमात्रै दर्ता भएको कार्यालयका सूचना अधिकृत धर्मानन्द भट्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘यहाँ दिनहुँजसो उद्योग दर्ता गर्ने क्रम बढिरेहको छ । कोरोनाका बेला कार्यालय बन्द रहँदा पनि यहाँका सेवाग्राही सेवा लिन पाएका थिएनन्; सूचना अधिकृत भट्टले भने । कोरोना कहरमा टोकन प्रणाली लागू गरेर नियमित कामकाज शुरु गरिएको थियो । पछिल्लो समयमा सरकारले महिला उद्यमीका लागि उद्योग दर्तामा गरेका छुटका कारण पनि उद्योग दर्ता गर्ने बढेको उनको भनाई छ । ‘कुनै पनि उद्योग दर्ता गरेको पाँच वर्षसम्म नवीकरण गर्नुपर्ने झन्झट छैन । दर्ता भएका उद्योग सञ्चालन भए/नभएबारे भने अनुगमन भएको छैन; उनले भने ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले स्वदेशमै आयमूलक काममा अग्रसर भइरहेका युवाशक्तिलाई राज्यले सीपमूलक तालिम र विभिन्न प्रकारका अनुदान प्याकेज दिएर प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । ‘यहाँ दुई÷चार महिनालाई काम गरेर भएन”, उहाँले भन्नुभयो, “दीर्घकालसम्म युवाहरुले स्वदेशमै उत्पादनमा लाग्ने बनाउनुपर्छ; उनले जोडे ।

उनले यहाँ पछिल्लो समय तरकारी खेतीमा देखिएको सक्रियताले भारतलगायत अन्य क्षेत्रबाट आयात हुने तरकारीमा कमी आएको बताएका छन् । कृषिमा मात्रै युवालाई सक्रिय गराउन सके विदेशको कमाइ घरआगँनमै बसेर हुन्छ, आयमूलक व्यवसायले परिवारको दैनिकी पनि चलिरहेको हुने उनले धारणा व्यक्त गरे ।

सरकारले कोरोना कहरमा विदेशबाट स्वदेश फर्किएका युवालाई आयमूलक कामका लागि अनुदानसमेत प्रदान गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कहरमा विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएकालाई आयमूलक व्यवसायमा लगाउन रु. १५ करोड रकमसमेत जिल्लाका कृषि ज्ञान केन्द्रलगायतका निकायमा पठाइसकेको छ । रासस