काठमाडौँ – अब संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद् छुट्टाछुट्टै बस्ने भएका छन् । आजको संसद् बैठकमा संसद सचिवालयले एमाले माओवादी केन्द्रका सांसदका लागि छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाएको छ ।


ADVERTISEMENT


सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले मंगलवार नै नेकपाको एकता भंग गर्दै माओवादी र एमाले पूर्वाअवस्थामै रहने व्यवस्था गरेको थियो ।
आयोगले उक्त पत्र संसद् सचिवालयमा पनि पठाइसकेको बताउँदै सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने एमाले र माओवादीका सांसद्का लागि छुट्टाछुट्टै सिट व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि माधव नेपाल, झलनाथ खनाल लगायतका एमाले नेताहरु प्रचण्डसँग र रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट र मणि थापा लगायतका माओवादी नेताहरु ओलीसँग बस्दै आएका थिए । सचिवालयले नेपाल लगायतका नेता ओलीको र बादल लगायतका नेता प्रचण्डकै लहरमा बस्नुपर्ने व्यवस्था मिलाएको छ ।