काठमाडौँ – सर्वोच्च अदालतले नेकपाको एकीकरण खारेज गरिदिएपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । केपी ओली सरकारको विरुद्धमा उत्रिएका प्रचण्ड–नेपाल समूहका नेता पुरानै पार्टीमा फर्किएका छन् । प्रचण्ड–नेपाल समूहले सोमवार स्थायी कमिटी बैठक राखेर शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले छुट्टिएर संघर्ष गर्ने बताएका छन् ।


ADVERTISEMENT


वैठकपछि वरिष्ठ नेता नेपाल माओवादी केन्द्र पार्टी कार्यालयबाट निस्किँदै गर्दा पत्रकारले सोधेको प्रश्नमा उनले अब पुरानो कुरा बिर्सिनुपर्ने बताएका छन् । ‘अब कसरी अघि बढ्नुहुन्छ ?’ प्रश्नमा उनले भने, ‘हामीले तीतोपीरो कुरा बिर्सिनुपर्छ, पुरानो इतिहासका कुराहरु कोट्याएर जानुहुँदैन।’


ADVERTISEMENT

# # #


उनले कम्युनिष्टहरुको हृदय विशाल भएको र विशाल हृदयमा सबै अटाउने बताए । सर्वोच्चको फैसलापछि मुलुकलाई सकारात्मक दिशामा लैजाने, राष्ट्रियताको हित र लोकतन्त्रको सुदृढीकरण गर्ने, समाजको रुपान्तरण गर्ने गरी अघि बढ्ने उनको भनाइ थियो ।