दैलेख – दैलेखमा एक महिलाले चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्या गरेकी छन् । दैलेख आठबीस नगरपालिका ३ की एक महिलाले तीन छोरी र एक छोरा गरी चार सन्तानसहित कर्णालीमा हाम फालेकी हुन् ।


ADVERTISEMENT


आइतवार राति उनी सन्तानसहित घरबाट निस्किएकी थिइन् । श्रीमानले मदिरा सेवन गर्ने गरेको र घर झगडाका कारण आत्महत्या गरेको हुनसक्ने वडाअध्यक्ष प्रयागबहादुर शाहीले बताए ।


ADVERTISEMENT

# # #


उनकाअनुसार सोमवार साँझ हात डोरीले बाँधेको अवस्थामा दुई छोरीको शव भेटिएको प्रहरीले जनाएको छ । बाँकी तीनको खोजी भइरहेको उनले जानकारी दिए । घटनापछि जिल्ला प्रहरी कार्यालय दैलेखले डिएसपी अनुपम श्रेष्ठको नेतृत्वमा राकम कर्णालीमा टोली पठाएर खोजी कार्य गरिरहेको छ । उनका श्रीमानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।