काठमाडौँ – सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । मुलुक दुई वर्ष अघि फर्किएको छ ।
२०७५ जेठमा तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सर्वोच्चले मान्यता दिएन ।


ADVERTISEMENT


एकीकरण नै खारेज गरिदिने निर्णयपछि नेताहरु पुरानो पार्टीको अस्तित्व खोज्न थालेका छन् । प्रचण्ड–नेपाल समूहले छुट्टिएर पुरानै पार्टीमा जाने निर्णय गरिसकेकोे छ ।


ADVERTISEMENT

# # #


यही क्रममा आज नेकपा पार्टी कार्यालय धुम्बाराहीमा नेकपा एमालेको नाम र साइनबोर्ड राखिने भएको छ ।

धुम्बाराहीमा रहेको नेकपा नाम र साइनबोर्ड आज हटाउन लागिएको नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बताए । नेकपाको साइनबोर्ड र नाम हटाएर नेकपा एमाले राखिन लागेको जानकारी उनले दिए ।