काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताएका छन् । १११ औँ अन्तरराष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गरे ।


ADVERTISEMENT


उनले ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनमा अग्रमोर्चामा रहेको महिलाको सहभागिता नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताए।


ADVERTISEMENT

# # #


अज्ञानता र कुरीतिका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै रहेको उनले उल्लेख गरेका छन् ।

‘अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन्। यसले महिलामाथि दुर्व्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ। यसखाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ,’ उनले भनेका छन्।

लैङ्गिक विभेद र हिँसाका घटनालाई जरैदेखि उखेल्न सरकार शून्य सहनशीलताको नीति लिई अपराध्रीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिप्रर्तिको कानूनी व्यवस्था गर्दै महिला सचेतनाका कार्यक्रम गर्दै निरन्तर सरकार अघि बढेको उनले बताएका छन् ।