काठमाडौँ – सत्तारुढ नेकपाका दुबै समूहका नेता आक्रामक ढंगले प्रस्तुत हुने गलत तथ्य बोल्ने क्रम बढ्दै गएको नयाँ भने होइन ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विगघन गरेयता धेरै नेताहरु विभिन्न कार्यक्रममा नराम्रोसँग चिप्लिए ।


ADVERTISEMENT

# # #


यसैक्रममा वनमन्त्री प्रमे आलेले विज्ञानमाथि गलत टिप्पणी गरेका छन् । सामान्यतया हामी सबैलाई थाहा भएकै कुरा हो कि रुखले अक्सिजन फ्याक्छ र कार्वनडाइअक्साइड लिन्छ । तर वनमन्त्री आलेको विज्ञान भने अलि फरक देखियो । काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा रुखबाट मानिसहरुले कार्वनडाइअक्साइड पाउने बताएका छन् । यति मात्र होइन उनले रुखलाई हामीले अक्सिजन दिने पनि बताउन भ्याए । रुखको महत्व दर्शाउँदै उनले प्रश्न गरे, ‘जुन रुखबाट हामी कार्वनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामीले अक्सिजन दिन्छौँ त्यही रुख रहेन भने के हुन्छ हालत ?’

उक्त कार्यक्रममा उनले सरकार जनताप्रति उत्तरदायी भएको ठान्नु पनि भूल भएको बताए । ओली नेतृत्वको सरकार जनताको सरकार भएको बताउँदै सरकारकै मन्त्री रहेका उनले चिप्लिदै भने, ‘यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने कसैलाई लाग्छ भने त्यो तपाईँहरुको ठूलो भूल हो।’