काठमाडौँ – सत्तारुढ नेकपाभित्र आएको विवादपछि दुबै समूहका नेताहरु आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् । आक्रामकसँगै चिप्लिएर गलत बोल्दा धेरै नेताहरु आलोचित भइरहेका छन् । यसैक्रममा सरकारका वनमन्त्री प्रेम आलेले सरकार जनतप्रति उत्तरदायी भएको ठान्नु भूल हुने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा आलेले अहिलको सरकार जनताको सरकार भएको बताए । तर सँगैँ उनले भने, ‘यो कुनै जनताप्रति उत्तरदायी भएको सरकार हो भन्ने कसैलाई लाग्छ भने त्यो तपाईँहरुको ठूलो भूल हो।’


ADVERTISEMENT

# # #


सरकारकै मन्त्रीको यस्तो अभिव्यक्तिपछि उनको ट्रोल बनेको छ ।

उक्त कार्यक्रममा वनमन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न १ अर्बको आर्थिक प्रलोभनको अफर आएको बताएका थिए ।

https://www.facebook.com/bhim.upadhyaya.1800/videos/774805559816777