काठमाडौँ – बुधवार सम्पन्न नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रिय बैठकले ओली पक्षका नेताहरुलाई कारवाही गरेको छ ।


ADVERTISEMENT


प्रचण्ड–नेपाल समूहको कारवाहीपछि ओली समूहले कारवाहीको कुनै तुक नभएको प्रतिक्रिया दिएको छ । कारवाहीमा परेका ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपाल समूहले गरेको कारवाहीको कुनै अर्थ नभएको बताएका छन् । कारवाहीमाथि प्रतिक्रिया दिँदै उनले प्रचण्ड–नेपाल समूहले ओली समूहलाई कारवाही गर्नु डेरावालाले घरबेटीलाई निकाल्नु जस्तो बताए ।


ADVERTISEMENT

# # #


‘कारवाहीको कुनै अर्थ छैन, मूल पार्टी हामी हौँ,’ उनले भनेका छन्, ‘डेरावालले घरबेटीलाई निकाल्नुको के अर्थ ?’ नेकपाको वैधानिकता प्रचण्ड–नेपाल समूहसँग नभई आफूसँग भएको उनले बताएका छन् ।