काठमाडौँ – भारत सरकारले नेपालका थप सांस्कृतिक सम्पदा पुनःनिर्माणमा साढे २४ करोड सहयोग गर्ने भएको छ । बुधवार काठमाडौँस्थित भारतीय राजदूताबास र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


सम्झौतापत्रमा भारतीय राजदूताबासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाईका परियोजना निर्देशकले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ ।


ADVERTISEMENT

# # #


No description available.

सम्झौताअनुसार ललितपुरको जेष्ठ वर्ण महाविहार र सिन्धुपाल्चोकका सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बाको पुनःनिर्माण हुन लागेको हो । ललितपुरको जेष्ठ वर्ण बिहारको पुनःनिर्माणका लागि भारतले प्राविधिक सहयोग पनि गर्नेछ ।

No description available.

यी संरचनामा २०७२ बैशाखमा गएको भूकम्पबाट क्षति पुग्न गएको थियो । यीबाहेक ८ जिल्लाका २८ सम्पदाको पुनःनिर्माणका लागि ५ अर्ब ८० करोड सहयोग प्रतिवद्धता गरेको भारतले ६ वटा परियोजनामा हस्ताक्षर समेत गरिसकेको छ ।

No description available.