काठमाडौँ – महानगरीय प्रहरी कार्यालय प्रमुख महानिरीक्षक (एआईजी) हरिबहादुर पालले कोही समस्यामा परे सोझै आफूलाई सम्पर्क गर्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


बुधवार महानगरीय प्रहरी प्रभाग बालकुमारीको भवन उद्घाटन गर्दैै एआईजी पालले काठमाडौं उपत्यकामा कसैलाई समस्या परेमा र आफुलाई सिधै सम्पर्क गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरीकहाँ नागरिक समस्या परेरै आउने भएकाले नागरिकको समस्या समाधान र उनीहरुको सुरक्षाका लागि सँधैँ तत्पर हुन उनले आफू मातहतलाई निर्देशन दिए । उनले आफू मातहतका कर्मचारीलाई निर्देशन दिँदै भने, ‘समस्या परेपछि मात्रै नागरिक प्रहरी कार्यालयमा आउने भएकाले नागरिकको समस्या र सुरक्षामा ध्यान दिनुहोला ।’

प्रहरीले स्वार्थ नराखिकन काम गर्नुपर्ने उनको भनाइ थियो । ‘तपाईँलाई समस्या परे प्रहरीलाई भन्नुहोस्,’ नागरिकलाई आग्रह गर्दै उनले भने, ‘तपाईँको समस्या मलाई सिधै सम्पर्क गरेर पनि भन्न सक्नुहुन्छ ।’