काठमाडौँ– भूगोल साहित्य समाज (भूसास) को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।


ADVERTISEMENT


समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैलेन्द्रकुमार शाह, कोषाध्यक्षमा हरिश्चन्द्र गौतम तथा सदस्यमा नवराज पुडासैनी, गुप्तबहादुर राना, उमेश तिमिल्सिना, मुकुन्द अर्याल (प्रवक्ता) र आमन्त्रित सदस्यमा पदमकुमारी सापकोटा निर्विरोध चयन भएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय वाणिज्य बैंकबाट सेवानिवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वको सक्रियतामा साहित्य, अध्यात्म, संस्कृतिलगायत समाजका विविध विषयमा क्षेत्रमा शृङ्लाबद्ध कार्यक्रम आयोजना गर्ने उद्देश्यले गत २०७६ असोज ६ गते सो संस्था स्थापना भएको थियो । साधारणसभामा सहभागीले कविता पनि वाचन गरेको प्रवक्ता अर्यालले जानकारी दिए। रासस