काठमाडौं – नेपााल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक द्दटनाक्रमबारे छलफल गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।


ADVERTISEMENT


बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गर्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । यसअघि आजै बसेको सो समूहको स्थायी कमिटिको बैठकले संसदीय दलको नेता फेर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटिले अनुमोदन गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित छ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रचण्ड-माधव समूहले संसदीय दलको नेतालाई परिवर्तन गर्ने भएको हो ।

हाल नेकपाको संसदीय दलको नेतामा प्रधानन्त्री ओली रहेका छन् ।