कञ्चनपुर– जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन्। आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी अध्यक्ष पदमा मनोनित भएका हुन् । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए।


ADVERTISEMENT

# # #


त्यसैगरी, सङ्घको उपाध्यक्षमा दिलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित भएका छन्, भने सचिवमा राकेशबहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यमा वासुदेव भट्ट, उत्तमकुमार बोहरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित भए । कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वारले लामो समयदेखि प्रशिक्षक बिहीन रहेको कञ्चनपुरमा स्वयम्सेवक प्रशिक्षक नियुक्त गर्न केन्द्रमा पहल भइरहेको बताए ।

‘सुदूरपश्चिम दिपेश धामी, प्रिन्स दाहाल र आयुश नगारी जस्ता चर्चित खेलाडी जन्माउने भूमि पनि हो; उपाध्यक्ष स्वारले अघि भने; ‘अब स्कुलस्तरबाट ब्याडमिन्टन खेलाडी छनोट गरेर यसको विकास र विस्तारमा लाग्नुपर्छ ।’ रासस