बारा – स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार बस्नेहरू ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले बुधबार बिहान उनीहरुलाई कलैया उपमहानगरपालिका–८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट पक्राउ गरेको हो । बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल चेक्रजाँचका क्रममा मोटरसाइकलको डिक्कीमा तथा उनीहरुको साथमा लुकाएको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान फेला पारेको प्रहरी जनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।