काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्ष सत्ता समीकरणका लागि विभिन्न राजनीतिक पार्टी तथा व्यक्तिहरुसँग छलफलमा जुटेको छ ।


ADVERTISEMENT


यही क्रममा बिहीबार प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टीका नेताहरुलाई छलफलका लागि पार्टी कार्यालय बालुवाटारमा बोलाएको थियो । छलफलमा प्रचण्ड–माधव समूहले सरकार सञ्चालमा लागि मिलेर जान प्रस्ताव गरेका थिए ।


ADVERTISEMENT

# # #


तर, जवाफमा जसपाका नेताहरुले यथास्थितिमा सहकार्य सम्भव नभएको बताएका थिए । उनीहरुले सहकार्यका लागि प्रचण्ड–माधव समूहले पहिलो आफ्नो पार्टी कुन हो भन्ने कुरा यकिन गर्नुपर्ने बताए । निर्वाचन आयोगले कुन नेकपा आधिकारिक हो भन्ने कुराको छिनोफानो नगरेकाले आफूहरुलाई पनि प्रचण्ड–माधवसँग सहकार्यको लागि अलमल भएको बताए ।

बैठकबारे उनले भने, ‘हामीले उहाँहरुलाई बडा अलमलमा पर्‍यौँ, तपाईंको पार्टी कुन हो त्यो प्रस्ट हुनुहोस् भनेर सोधेका छौँ ।’ उनले प्रचण्ड–माधव समूहको प्रस्तावबारे पार्टीको बैठकमार्फत टुंगो लगाउने बताएका छन् । आफूहरुले पटकपटक धोका पाएको बताउँदै उनले भने, ‘संविधान जारी गर्दा पनि गोलाबारी गरेर जारी गरिएको हो । रेशम चौधरी लगायतका साथीहरु अहिले पनि बन्दी जीवन बिताइरहनु भएको छ ।’

उनले संविधानमा रहेको त्रुटी र कमीकमजोरीहरु र बन्दी रिहाईका कुराहरुका लागि जुनसुकै सरकार बने पनि संघर्ष गर्ने बताएको उनले जानकारी दिए ।