काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेट गरेका छन् । उपाध्यक्ष गौतम आज बिहानै प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।


ADVERTISEMENT


उक्त भेटमा उपाध्यक्ष गौतमले प्रचण्डलाई एकताका पक्षमा उभिन प्रस्ताव गरेको उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षमा विभाजित भएको छ। गौतम भने एकताका पक्षमा उभिएका छन् ।प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि वामदेवले प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्ड र गौतमबीच खुमलटारमा करिब आधा घण्टा छलफल भएको थियो। नेकपालाई मिलाएर अघि लैजानु पर्ने गौतमको प्रस्तावमा प्रचण्डले भने केही प्रतिक्रिया नदिएको जनाइएको छ ।

यसअघि बुधबार विज्ञप्ति जारी गर्दै वामदेवले ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए। रासस