काठमाडौँ — प्रतिनिधिसभामा विरोधको शैलीप्रति आपत्ति जनाउँदै सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदहरूमाथि कारबाहीको माग गरेको छ।


ADVERTISEMENT


कांग्रेसले सदनमा ‘अभद्र व्यवहार’ देखाएको भन्दै ती सांसदहरूलाई चेतावनी दिनुका साथै आवश्यक परे निष्कासन गर्नुपर्ने धारणा सार्वजनिक रूपमै राखेको हो।


ADVERTISEMENT

# # #


सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बोल्दै रास्वपा सांसदहरूको पोसाक र व्यवहार दुबै ‘संसदीय मर्यादा विपरीत’ रहेको टिप्पणी गरे। उनले प्रतिनिधिसभा नियमावलीको उल्लेख गर्दै सभामुखलाई कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए।

ूकोही हाफ पाइन्ट लगाएर आउने, कोही स्कार्फ बाँधेर आउने — भोलि त कोही आफूखुसी कपडा लगाएरै संसद आउन थाले के संसदीय मर्यादा रहन्छरुू भन्दै घिमिरेले प्रश्न उठाए।

उनले प्रतिनिधिसभा नियमावलीको दफा ३० र ३१ अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने र जरुरी परे निष्कासनसमेत गर्न सकिने प्रावधान रहेको स्मरण गराए।

सदनमा बोलिरहँदा घिमिरेका भनाइका बीच रास्वपाका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेका थिए। उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै निरन्तर दबाब दिइरहेका छन्।

रास्वपा सांसदहरूले विश्वव्यापी रूपमा मानव तस्करीविरुद्धको अभियानलाई दर्शाउने प्रतीकस्वरूप ‘निलो रिबन’ लगाएर संसद प्रवेश गरेका थिए, जुन विषयलाई लिएर सत्ता पक्ष र विपक्षबीच झन् तनाव चुलिएको छ।

यसले प्रतिनिधिसभामा बढ्दो असहमति र मर्यादाको विषयमा बहस तीव्र बन्दै गएको संकेत देखिएको छ।