काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै सरकार नफेरिने बताएका छन्।


ADVERTISEMENT


राजधानीमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले आफू नेतृत्वको सरकार रहेको र भोलि पति यही सरकार रहने बताएका हुन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला ओलीले भने तत्कार सत्ता नछाड्ने संकेत गरेका हुन् ।


ADVERTISEMENT

# # #


आफूहरु देश बनाउने कर्तव्यमा जुटेको बताउँदै उनले यो संकल्पलाई निरन्तर अघि बढाउने बताए । उनले भने, ‘अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको काम अघि बढिरहेको छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढङ्गले अघि बढ्नूस्।’ उनले आफू भ्रमहरूबाट मुक्त मान्छे भएको दाबी गर्दै सर्वोच्च अदालतको फैसलापछि पनि दुखित नभएको आशय व्यक्त गरे।

‘अप्ठेरो परिस्थिति होस्, सुख होस् दुस्ख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने,‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दुस्खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ।’

प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक इजलासको निर्णयपछि नेकपाको प्रचण्ड माधवकुमार नेपाल समूहले खुसीयाली मनाएकोलाई समेत व्यंग्य गरे । उनले भने भने, ‘मेरा केही भाइले लड्डु खाए। खुसी भए। के जिते मलाई थाहा छैन। के पाउँछन् हेर्नु छ।’

उनले उक्त समूहले पुनः आफ्नो राजीनामा माग्ने आफूलाई लागेको उल्लेख गर्दै जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको सङ्कल्प’ परिवर्तन नहुने उल्लेख गरे।