काठमाडौँ – महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर (आईपीओ) शुक्रबार हुने भएको छ ।


ADVERTISEMENT


आईपीओ फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।