चितवन– भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफ्नो ४०औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गरेका छन् ।


ADVERTISEMENT


अस्पतालमा आज आयोजित एक कार्यक्रममा उनले अस्पताल विकास समितिको नेतृत्व सम्हालेको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वासुदेव पाण्डेलाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उनले कुल अधिकारीले रु. ३६ हजार २ सय ५० कोषका लागि हस्तान्तरण गरेका छन् । उक्त असरमा उनले विपन्न नागरिकको उपचारमा सधैँ लागिपर्ने भन्दै सक्दो सहयोगका लागि सधैँ तयार रहेको बताए ।

जिल्लामा चिकित्सकका रूपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै आफूले पनि स्वास्थ्य परीक्षण गरेको उल्लेख गरे। रासस