काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध परेका मुद्दा फैसलातर्फ अघि बढेको छ ।


ADVERTISEMENT


सुनुवाइको सबै प्रक्रिया सकेर सर्वोच्चले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ ।


ADVERTISEMENT

# # #


संसद् विघटन विरुद्धमा १३ थान रिट सर्वोच्चमा परेका थिए। उक्त रिटहरुलाई संवैधानिक इजलासमा लगेर गत माघ ५ देखि सर्वोच्चले नियमित सुनुवाइ गरेको थियो ।
सर्वोच्चले आजदेखि यो मुद्दालाई फैसलातर्फ लग्दै मुद्दामा कस्तो फैसला सुनाउने भन्ने छलफल शुरू गर्दैछ ।