काठमाडौँ – मंगलवार बिहानैदेखि विभिन्न संचारमाध्यमहरूमा महान्यायधिवक्ता अग्नि खरेलले राजीनामा दिएको समाचार प्रसारण भएपछि खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँगको संवादमा उनले अफूले राजीनामा नदिएको बताएका हुन् । अफबाह फैलाइएको बताउँदै उनले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् ।
‘राजीनामा दिने परिस्थिति छैन, तयारी पनि छैन,’ उनले भने, ‘यो अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउन कसैले गरेको षड्यन्त्र हो ।’


ADVERTISEMENT

# # #


उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०७४ फागुन दोस्रो साता राष्ट्रपतिले महान्यायधीवक्तामा नियुक्त गरेकी थिइन् ।