काठमाडौँ– नयाँ बानेश्वरस्थितको छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थाको बजेट समीक्षा तथा शाखा ब्यवस्थापन तालिम कार्यक्रमको आयोजना गरेको छ ।


ADVERTISEMENT


आफ्ना ५ वटा क्षेत्रीय कार्यालय अन्तर्गतका १३७ वटा शाखाका शाखा प्रबन्धक तथा ६० वटा डिजिटल प्वाईन्टका सुपरभाईजरहरुलाई सहभागि गराई संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


धुलिखेल स्थित सारथी होटलमा हुने भनिएको सो कार्यक्रममा चालु आ.व.को बजेट समीक्षा तथा पुनरावलोकन गर्नुको साथै आन्तरिक तथा बाह्य प्रशिक्षकहरु मार्फत ब्यवस्थित शाखा ब्यवस्थापनको तालिम उपलब्ध समेत गराइएको संस्थाले जनाइएको छ ।

यस कार्यक्रमबाट संस्थाले शाखा प्रबन्धकहरुको क्षमता अभिबृद्धि हुनुको साथै उत्प्रेरित भई आगामी दिनमा शाखाबाट अझप्रभावकारी ढंगबाट आफ्ना ग्राहक वर्गमा सेवा प्रवाह गर्ने र वित्तीय संस्थाको गुणस्तरीय विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

संस्थाका अनुसार, यहि फागुन २ गतेदेखि शुरु भएको उक्त कार्यक्रम फागुन १४ गतेका दिन सम्पन्न हुनेछ ।